गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

काठमाडौं । गण्डकी प्रदेशका ११ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १८ सिट छन् । जसमध्ये १७ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने विवादका कारण एउटा क्षेत्र (स्याङजा २) को मतगणना स्थगित छ ।  

यस प्रदेशबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा १३ सिट जितेको नेकपा एमाले यस पटक ५ सिटमा खुम्चिएको छ । तर अघिल्लोपटक १ सिट मात्र जितेको नेपाली कांग्रेसले यस पटक भने ९ सिट हात परेको छ । 

अघिल्लो पटक ३ स्थानमा विजयी भएको नेकपा माओवादी केन्द्रले यसपटक २ स्थानमा मात्र जित हासिल गर्‍यो । 

बाँकी एक सिट २०७४ मा गण्डकी प्रदेशबाट बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले जितेको थियो । यसपटक राष्ट्रिय जनमोर्चाले  गण्डकीबाट एक सिट हात पारको  छ । 

२०७४ को तुलनामा प्रतिनिधिसभातर्फ यसपटक कांग्रेसले ८ सिट बढी ल्यायो भने एमालेले ८ सिट र माओवादी केन्द्रले एक सिट गुमाए।

गण्डकीका १८ सिटमध्ये १७ सिटको नतिजा–

१) मुस्ताङ- योगेश गौचन थकाली –  नेपाली कांग्रेस

२) म्याग्दी - खमबहादुर गर्बुजा – नेपाली कांग्रेस

३) वाग्लुङ १ - चित्रबहादुर के.सी. – राष्ट्रिय जनमोर्चा

४) वाग्लुङ २ - देवेन्द्र पौडेल – माओवादी केन्द्र

५) पर्वत - पदम गिरी – नेकपा एमाले

६) कास्की १ - मनबहादुर गुरुङ – नेकपा एमाले

७) कास्की २ - विद्या भट्टराई –  नेकपा एमाले

८) कास्की ३ - दामोदर पौडेल वैरागी – नेकपा एमाले

९) मनाङ - टेकबहादुर गुरुङ – नेपाली कांग्रेस

१०) स्याङजा १ - राजु थापा – नेपाली कांग्रेस 

११) स्याङजा २ - (विवादका कारण मतगणना रोकिएको )

१२) नवलपरासी पूर्व १ - शशांक कोइराला – नेपाली कांग्रेस 

१३) नवलपरासी पूर्व २ - विष्णुकुमार कार्की –  नेपाली कांग्रेस

१४) तनहुँ १ - रामचन्द्र पौडेल – नेपाली कांग्रेस 

१५) तनहुँ २ - शंकर भण्डारी – नेपाली कांग्रेस

१६) लमजुङ - पृथ्‍वी सुब्बा गुरुङ – नेकपा एमाले

१७) गोरखा १ - राजेन्द्र बजगाई – नेपाली कांग्रेस 

१८) गोरखा २ - पुष्पकमल दाहाल – माओवादी केन्द्र

सम्बन्धित समाचार...

मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.