चैत महिनामा कान्तिपुरमा प्रसारित हेर्नैपर्ने १० समाचार

वैशाख २, २०८२ |कान्तिपुर टीभी संवाददाता
चैत महिनामा कान्तिपुरमा प्रसारित हेर्नैपर्ने १० समाचार

कान्तिपुर टेलिभिजनले हरेक महिना प्रसारण/प्रकाशन भएका रिपोर्टहरूमध्ये हेर्नैपर्ने १० रिपोर्ट छनोट गरी दर्शक/पाठकका लागि पुनः प्रस्तुत गर्न गरेको छ । गत चैत महिनामा प्रकाशित/प्रसारित १० छुटाउन नहुने समाचार रिपोर्ट यस प्रकार छन् :

१. चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शन 

प्रदर्शनका क्रममा तीनकुनेको एक घरमा आगो लगाउँदा पत्रकार सुरेज रजकको जलेर मृत्यु भयो भने कीर्तिपुरका सविन महर्जन प्रहरीको गोली लागेर मारिए  । राजावादीहरुले त्यसदिन सञ्चारगृहमाथि तोडफोड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी, भाटभटेनी सुपरमार्केटमा लुटपाट मात्र गरेनन् निजी सम्पत्ति र पार्टीको कार्यालयसम्ममा तोडफोड र आगजनी गरे । 

सम्बन्धित रिपोर्ट र समाचारका लिङ्कहरु: 

राजसंस्था समर्थकको उद्दण्ड प्रदर्शन

तीनकुने ग्राउन्ड जिरो : तनावको केही घण्टा

राजावादीको आन्दोलन : कसरी नियन्त्रण बाहिर गयो सुरक्षा व्यवस्था ?

जसले राजावादीको अराजक प्रदर्शनमा ज्यान गुमाए...

राजावादीहरुले जलाइदिएको 'जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र'मा एक अर्ब बराबरको क्षति

तीनकुने घटनाको न्यायिक छानबिन समिति गठनमा सरकारको अलमल

सम्पादकीय : तीनकुने घटनामाथि न्यायिक छानबिन गर

तीनकुने हिंसात्मक घटनामा संलग्नको खोजी अझै जारी

२. समस्याग्रस्त सहकारीका ठूला ऋणिबाटै रकम तिर्न आलटाल

समस्याग्रस्त घोषित १९ वटा सहकारीमा अहिले ५४ हजार ५ सय ५५ जनाको ३८ अर्ब ९३ करोड रकम फसेको छ । तर, १३ हजार ७५ जना ऋणीले सहकारीबाट रकम लगेर तिरेका छैनन् । पटक-पटक ताकेता गर्दा पनि ऋण नउठेपछि सरकारले ७ हजार ऋणिको त बैंक खाता र अचल सम्पत्ति नै रोक्का गरेको छ । यसले ऋण फिर्ता हुने क्रम केही बढे पनि ठूला ऋणी भने अझै रकम तिर्न तयार देखिएका छैनन् ।

३. दलसम्बन्धी कानुन प्रस्ताव- ७० प्रतिशत उम्मेदवारी दिनैपर्ने

दल र निर्वाचनलाई व्यवस्थित गर्ने गरी अगाडि बढेका यी विधेयकमा के-के नयाँ प्रावधानको व्यवस्था गरिएको छ त ?

४. कुपोषण न्यूनीकरणका लागि वार्षिक २ खर्बभन्दा बढी खर्च

कुपोषणको समस्या न्यूनीकरण गर्न संघीय सरकारका ७ वटा मन्त्रालयले बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढी खर्च गरिरहेका छन । तर नेपालका बालबालिकामा पोषणको कमीबाट हुने समस्यामा सन्तोषजनक रुपले सुधार आउन सकेको छैन । 

५. साउनयता मात्रै आगलागीबाट देशभर ६६ जनाको मृत्यु, दैनिक १४ वटा घटना हुँदा विपद् व्यवस्थापन चुनौतीपूर्ण

बढ्दो जनघनत्व तथा थपिँदै गएका अग्ला घरका कारण शहरी क्षेत्रमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो समय शहरी क्षेत्रमा आगलागीका घटना बढिरहेका छन् । देशभर दैनिक १४ वटा आगलागीका घटना हुने गरेका छन् भने चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट ६६ जनाको मृत्यु भइसकेको छ । तर दक्ष जनशक्ति, प्रविधि र सूचना प्रणाली नहुँदा शहरी क्षेत्रमा विपद्को जोखिम बढ्दो छ ।

६. सिरहाको औरहीमा महायज्ञ लगाउने नाममा एक दलित परिवारको घर भत्काएर उठिबास

सिरहाको औरहीमा महायज्ञका नाममा एउटा दलित परिवारको घर डोजर लगाएर भत्काइयो । औरही गाउँपालिका-५ का दीपक मल्लिकको परिवारलाई बाँसको टहरामा सारेर उनको घर डोजर लगाएर भत्काइयो र त्यहाँको माटो अशुद्ध भन्दै खनेर फ्याँकियो । यस घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने बजरंगी बाबा थुनामै छन् । औरहीमा दलित परिवारमाथि भएको यो अपराधबारे विनय आजादका रिपोर्टहरु । 

प्रशासन सक्रिय नहुँदा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीन जना फरार

सिराहाकाे औरही घटना : प्रहरी कार्यालयमा पीडित परिवार

सिरहाको औरही घटनामा राजीखुशी मञ्जुरीनामामा पीडितलाई जबरजस्ती हस्ताक्षर गराइयो 

महायज्ञको नाममा दलितलाई उठीबास : पालिका अध्यक्षसहित २ जना पक्राउ 

सम्पादकीय : जातीय विभेदको अन्त्य घोषणाले मात्र हुन्न, पीडितलाई न्याय चाहिन्छ

७. जनकपुरधाममा मठमन्दिरका जग्गा कब्जा गर्नेमा जनप्रतिनिधि नै 

मठमन्दिर र पोखरी सरोवर प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पहिचान हुन् । तर यो धार्मिक नगरीका मठमन्दिरको संरक्षण गर्नुपर्ने जनप्रतिनिधिले नै बहुमूल्य जग्गा कब्जा गरेको घटना एकपछि अर्को खुल्दैगएको छ । हत्याको आरोपमा महन्थ लामो समयदेखि फरार रहेका कारण एैतिहासिक मठमन्दिरको अवस्था पनि दयनीय छ ।

८. सप्तरीमा तीन पुस्तादेखि बसोबास गरेका नागरिकको छैन नागरिकता

तीन पुस्ताको बसोवास छ, तर कुनै पुस्तालाई नागरिकता छैन । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका एक मुसहर परिवारको यो वास्तविकता हो ।

९. मन्त्री र सांसदकै संलग्नतामा मधेशमा योजना बिक्री हुने गरेको खुलासा

मधेश प्रदेशमा मन्त्रालयबाटै योजना बिक्री हुने गरेको खुलासा भएको छ । प्रदेशले छानेका योजना कार्यान्वयन गर्न जिल्लास्थित कार्यालयले उपभोक्ता समिति गठन गर्न सम्बन्धित वडामा पठाउनुपर्ने कानुनी व्यवस्था छ । तर जिल्ला कार्यालयहरुले वडामा योजना नपठाई सिधै जनकपुरस्थित सम्बन्धित मन्त्रालयमा लैजाने र त्यहीबाटै बिक्री हुने गरेको हो । योजना बिक्रीमा सांसददेखि मन्त्रीकै संलग्नता रहेको पाइएको छ ।

१०. मन्त्रीका लागि सुबिधासम्पन्न महलहरु निर्माण तर छेउकै बस्तीका बासिन्दालाई खोलो तर्ने पुल छैन

लुम्बिनी प्रदेशको राजधानीमा प्रदेश सभा सदस्य र मन्त्रीका लागि धमाधम सुबिधासम्पन्न महलहरु निर्माण भैरहेका छन् । तर छेउकै बस्तीका बासिन्दालाई खोलो तर्ने पुल छैन । बस्ती समेत डुबानमा पर्दै आएको छ । बर्खाको त कुरै नगरौ हिउँदमा समेत ज्यान जोखिमा पारेर नदी वारपार गर्नुपर्ने अवस्था छ । लमही नगरपालिका -२ मा पर्ने सानो नदीमा २०६९ सालमै पुल निर्माण गर्ने भन्दै तत्कालीन सरकारले सर्भे गर्नुका साथै माटो परीक्षण गरेको थयो । तर अहिलेसम्म पुल बनेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.