काठमाडौं । जेन-जीको आन्दोलनमा क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारको झन्डै एक अर्ब खर्च हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक अनुमानमा १ अर्ब खर्च हुने देखिएको हो ।
आन्दोलनका क्रममा २५ सय ७१ जना घाइते अस्पताल पुगेका थिए । तीमध्ये अहिले पनि १७ जनाको उपचार भइरहेको छ । घाइतेको उपचार निशुल्क गर्ने घोषणा सरकारले गरेको छ । सरकारी निर्णयअनुसार अस्पतालहरुले नै अहिले घाइतेको खर्च बेहोरिरहेका छन् । सरकारले सोधभर्ना दिने भए पनि अहिलेसम्म अस्पतालहरुले खर्चको विवरण पठाएका छैनन् ।
जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्ये २५ सय ७१ जनाको विभिन्न ७४ वटा अस्पतालमा उपचार भएको थियो । विभिन्न ७ वटा अस्पतालमा गम्भीर प्रकृतिका १७ जना घाइतेको उपचार जारी छ ।
जेन–जी आन्दोलनका घाइतेहरुको उपचार खर्च सम्बन्धीत व्यक्तिसँग नलिन सरकारले भनिसकेको छ ।