समयमै चुनाव गर्न दलहरु संवादमा आउनुपर्छ : गृहमन्त्री

आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
समयमै चुनाव गर्न दलहरु संवादमा आउनुपर्छ : गृहमन्त्री

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा तोकिएको निर्वाचनको वातावरण बनाउन सरोकारवालाहरूलाई संवादमा आउन आग्रह गर्नुभएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्न भक्तपुर पुग्नुभएका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग कुरागर्नुहुँदै समयमै निर्वाचन गर्न दलहरुले संवादमार्फत साथ र सहयोग गर्नुपर्ने बताउनुभएको हो । त्यसका लागि सरकारले सहजिकरण गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । तोकिएको समयमा निर्वाचन गर्न नदिन केही तत्व लागि परेको बताउदै उहाँले त्यस्ता तत्वहरुलाई सम्झाइबुझाइ गर्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरको भन्दै वर्तमान सरकार सुरक्षाकर्मीको मनोबल बढाउन लागि परेको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.