सरकारको गतिमा चित्त बुझेको छैन, गेयर परिवर्तन गर्नुपर्यो : सांसद खतिवडा

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारको गतिमा चित्त बुझेको छैन, गेयर परिवर्तन गर्नुपर्यो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने उहाँको भनाइ छ ।

सरकारले आशाका किरणहरू दिन नसकेको उहाँको आशय थियो । उहाँले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणमा केही सदसम्म सफल भएको समेत बताउनु भयो । उहाँले संसद् अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताउनु भयो । उहाँले आफू हिन्दु धर्म मान्ने भएपनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताउनु भयो ।

‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरू दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गेयर परिवर्तन गर्नुपर्यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुपर्यो‍। म आफू पनि हिन्दु धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु,’ उहाँले भन्नुभयो ।

उहाँले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.