गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा दिए हुन्छः सांसद गौतम

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा दिए हुन्छः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गृहमन्त्री लेखकको राजीनामा माग गर्नुभएको हो । उहाँले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताउनु भयो । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताउनु भयो । उहाँले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो ।

‘गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ । अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरु फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ,’ उहाँले भन्नुभयो ।

सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.