कांग्रेस-एमाले सरकार जनमुखी नहुँदा पश्चगामीले टाउको उठाए : माधव नेपाल

चैत्र १९, २०८१ |सुशीला पाठक
कांग्रेस-एमाले सरकार जनमुखी नहुँदा पश्चगामीले टाउको उठाए : माधव नेपाल

मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको आरोप लगाउनु भएको छ ।

नेकपा एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा उद्घाटन गर्दै नेपालले पुष्पकमल दाहाललाई धोका दिएर बनेको यो गठबन्धनलाई कुटीलको संज्ञा दिनुभयो । उहाँले गठबन्धनले संविधान संशोधनको नाटक मात्रै गरेको आरोप लगाउनु भयो । स्वार्थको मेल भएर एमाले–कांग्रेस एक भएको भन्दै सरकारको नियत ठीक नभएको अध्यक्ष नेपालले आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो, 'वर्तमान सरकार घुसखोरी, भ्रष्टाचारी र दलालको संरक्षणमा लागेको छ ।  सरकारले जनतामा निराशा बाहेक केही दिन सकेन ।'

दल र नेताहरूले त्रुटि, कमजोरीलाई जोगाएर हाेइन, सुधारेर अघि बढ्नुपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष नेपालले वंशनास गर्नेहरूलाई फेरि ल्याएर पुनः दास बन्ने बाटोतिर नलाग्न जनतालाई आह्वान गर्नुभएको छ ।

नेपालले भन्नुभयो, 'सयौं वर्ष राजा र राणाले देशलाई लुट्ने, चुस्नेबाहेक कुनै काम गरेनन् । नेपाली जनता फेरि यस्तै लुटेरा, हत्याराको पछि किन लाग्नु पर्‍यो ।'


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।