सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराउनुभएको छ । सदनको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुने विषयमा उहाँले आज जानकारी गराउनुभएको हो ।

यस्तै प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्री रमेश लेखकले संसद्मा सम्बोधन गर्ने कार्यक्रमहरू समेत हटाइएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिने कार्यसूची थियो ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ ।

आजको प्रतिनिधि सभाको कारबाही शुरू गर्दै सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘माननीय सदस्यहरु विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरु सूची हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.