सरोकारमा नयाँ बजेट : बेरोजगार र गरिबका लागि के के छन् कार्यक्रम ?

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकारमा नयाँ बजेट : बेरोजगार र गरिबका लागि के के छन् कार्यक्रम ?

काठमाडौं । सरकारले रोजगारी सिर्जनादेखि भ्रष्टाचार एवं महँगी नियन्त्रणसम्मका विषयलाई समेट्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । यसलाई सत्ता पक्षका दलहरुले आशा जगाउने कार्यक्रम भनेर बचाउ गरिरहेका छन्। तर विपक्षीहरुले महत्त्वकांक्षी, परम्परागत एवं कर्मकाण्डी भन्दै आलोचना गरका छन् । नेकपा एमालेले त सदनमा चर्को विरोध नै गरेको छ ।

त्यसो त सही कार्यान्वयन हुन नसक्दा बजेटका दस्तावेजमा लेखिएका आशालाग्दा कुरा वा राम्रा योजनाको परिणाम सन्तोषजनक छैन । विगतले यही देखाउँछ । यतिसम्म कि आफैंले प्रस्तुत गरेको बजेट अवास्तविक भन्दै बर्सेनिजसो बीचमै परिमार्जन गरिएका छन् । करको दायरा वृद्धिमा हरेकजसो अर्थमन्त्री असफल भएका छन् । यसरी धेरै वर्षदेखि हचुवाका बजेट र लक्ष्यहीन गन्व्यले अर्थतन्त्र झन् झन् संकटमा पर्दै गएको छ ।

यसपालि त अर्थतन्त्र झन् समस्यामा छ । पुँजीगत खर्चको अवस्था टिठलाग्दो छ । फजुल खर्च कटौती नारामै सीमित भएका छन् । बढ्दो महँगी, घट्दो विकास खर्चकै बीच ल्याइएको सरकारको नीति तथा कार्यक्रम कति यथार्थपरक ? कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन कस्तो बजेट आवश्यक ? पुरानै कार्यक्रमका लागि रकम जुटाउन धौधौ परेको अवस्थामा नयाँ बजेट कस्तो हुनुपर्छ ? आजको सरोकार बहस यिनै विषयमा केन्द्रित छ । बहसका लागि स्टुडियोमा निम्त्याएका छौं- पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद् उदयशमशेर राणा, अर्थविद् केशव आचार्य र कृषि तथा खाद्य सुरक्षाविद् डा. यमुना घले । विस्तृत भिडियोमा... 

सरोकारका अरू भागहरू...

विदेश जानु विद्यार्थीको रहर कि बाध्यता ?

कसले पूरा हुन दिएन शान्तिप्रक्रिया ?

उपत्यकामा यातायातको समस्या

मिटरब्याजीको धम्कीले स्कुल छाड्नु पर्‍यो

उपप्रमुखका गुनासै गुनासा

नेपालको स्वास्थ्य सेवा किन सबै नागरिकको पहुँचमा छैन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.