कान्तिपुर सरोकार : मिटरब्याजीको धम्कीले स्कुल छाड्नु पर्‍यो

चैत्र २१, २०७९
कान्तिपुर सरोकार : मिटरब्याजीको धम्कीले स्कुल छाड्नु पर्‍यो

काठमाडौं । पछिल्ला दिनमा मिटरब्याजी पीडितहरू अनवरत आन्दोलनमा छन् । गत चैत २ गतेदेखि महोत्तरीको बर्दिबासबाट पैदलै हिँडेर उनीहरू राजधानी आए र प्रधानमन्त्रीलाई आफ्ना गुनासा एवं समस्याहरू सुनाए ।

बर्दिबासबाट हिँडेर बालुवाटार पुगेकी बालिकाले प्रधानमन्त्रीलाई सोधिन्– गाउँ सहरमा अदालत, थाना, सिडिओ कार्यालय किन बनेका ?

मिटरब्याजीको धम्कीले स्कुल छाड्नु परेको गुनासो उनै सिरहाकी १२ बर्सिया गरिमा रायको थियो ।

पीडितहरूका दुखेसा सुनिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायिक अधिकार प्राप्त उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने आश्वासन दिए ।

मिटरब्याजपीडितसँगको छलफलमा प्रधानमन्त्री दाहालले फिल्डमै गएर तत्काल कारबाही गर्न सक्ने आयोग बनाइने प्रतिबद्धतासमेत जनाए । 

प्रधानमन्त्रीको उक्त आश्वासन पछि गत शनिबार अपराह्न गृह मन्त्रालयमा सरकार पक्ष र मिटरब्याजी पीडितबीच वार्ता भयो । पीडितहरूले आन्दोलन फिर्ता लिने गरी ५ बुँदे सहमति पनि बन्यो ।

तर सहमति गरेको चार दिन नबित्दै मिटरब्याजपीडितकै अर्को समूहले आन्दोलन सुरु गरेको छ । सरकार र पीडित पक्षबीच शनिबार भएको पाँच बुँदे सहमति झुटो भएको भन्दै उनीहरू सोमबारदेखि धर्ना दिई राखेका छन्

यसैबीच मिटरब्याजीबाट ठगिएपछि न्याय माग्न काठमाडौं आएका पीडितहरू आफ्ना दुखेसा सुनाउन कान्तिपुर टेलिभिजनको स्टुडियो मै पुगे र उनीहरूले आफ्ना पीडा पोखे ।

सुनौँ उनीहरूका समस्या र तीनको समाधानका लागि सोकारवालाहरूका जवाफ– यस हप्ताको सरोकारमा ।


Enter Kantipur TV HD
Advertisement