काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

कार्तिक १९, २०८२ |पुजन धिताल
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

काभ्रे ।  काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना हुँदा चालक किसिम राई भनिने कृष्णकुमार राईको मृत्यु भएको छ ।

सडकबाट अनियन्त्रित भएर तल खसेको टिपरमा आगलागी हुँदा चालक र सहचालक गम्भीर रुपमा घाइते भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरिएका दुवैजनामध्ये किसिम राईको घटनास्थलमै मृत्यु भएको र सहचालक विक्रम राईलाई गम्भीर चोट लागेकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपरमा ठूलो आगो लागेको र नियन्त्रणमा लिन स्थानीयवासी तथा दमकल परिचालन गरिएको थियो । घटनास्थल सडकको उकालो र साँघुरो मोड नजिक भएकाले दुर्घटना हुनसक्ने अनुमान गरिएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।