एसईईका लागि २०३७ केन्द्र तोकिए, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसईईका लागि २०३७ केन्द्र तोकिए, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (शुक्रबार) सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ ।

भोलि (शुक्रबार) बिहान ८ बजे सुरु हुने एसईईमा चार लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि २ हजार ३७ केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबै परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सामग्री पुर्‍याइसकिएको बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वाग्मतीमा एक लाख दुई हजार परीक्षार्थीले ४ सय ३४ केन्द्रबाट परीक्षा दिँदै छन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६ सय ८ विद्यार्थीले १ सय ७९ केन्द्रबाट परीक्षा दिँदै छन् । परीक्षा २९ गते सकिनेछ ।

थप समाचार...

एसईईमा दाङबाट साढे १३ हजार परीक्षार्थी सहभागी हुँदै
एसईईको तालिका सार्वजनिक, चैत १७ देखि परीक्षा
एसईईमा अंग्रेजी विषयको परीक्षा गाह्रो भएको गुनासो
चैत १७ देखि हुने एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
एसईई : मधेस प्रदेशमा पनि तयारी पूरा
यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.