एसईईको तालिका सार्वजनिक, चैत १७ देखि परीक्षा

माघ १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसईईको तालिका सार्वजनिक, चैत १७ देखि परीक्षा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकले आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।

चैत १८ गते शनिबार र २१ गते मंगलबार भने कुनै पनि विषयको परीक्षा सञ्चालन नहुने सूचनामा भनिएको छ । परीक्षा हलमा प्रवेश गर्न परीक्षार्थीसँग प्रेवशपत्र अनिवार्य हुनु पर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.