एसईईमा दाङबाट साढे १३ हजार परीक्षार्थी सहभागी हुँदै

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसईईमा दाङबाट साढे १३ हजार परीक्षार्थी सहभागी हुँदै

दाङ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङबाट करिब साढे १३ हजार परिक्षार्थी सहभागी हुने भएका छन् ।

जिल्लामा १० पालिकाका २३६ सामुदायिक र सस्थागत विद्यालयबाट १३ हजार ४ सय ५२ परीक्षार्थीले एसईईमा सहभागी हुन थालेका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दाङले जनाएको छ ।

दाङ जिल्लाभरका ४५ परीक्षा केन्द्रबाट ७ हजार १ सय ६ जना छात्रा र ६ हजार ७ सय ४६ जना छात्र सहभागी हुन थालेका छन् । परीक्षामा साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने प्राविधिक धारतर्फ ३ सय ४० जना परिक्षार्थीले परीक्षा दिन थालेका छन् । परीक्षा भोलि (शुक्रबार) बिहान ८ बजेबाट सुरु हुँदै छ ।

थप समाचार...

एसईईको तालिका सार्वजनिक, चैत १७ देखि परीक्षा
एसईईमा अंग्रेजी विषयको परीक्षा गाह्रो भएको गुनासो
चैत १७ देखि हुने एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
एसईई : मधेस प्रदेशमा पनि तयारी पूरा
यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.