एसईई : मधेस प्रदेशमा पनि तयारी पूरा

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसईई : मधेस प्रदेशमा पनि तयारी पूरा

काठमाडौं । मधेस प्रदेशमा एसईईको सबै तयारी पूरा भएको छ ।

गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईईलाई मर्यादित बनाउन मधेस सरकारले तयारी पूरा गरेको जनाएको हो । चैत १७ (भोलि, शुक्रबार) देखि देशभर एसईई सुरु हुँदै छ ।

मधेस प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फुयालले मधेसमा यसपटकको एसईईमा २७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थी सहभागी हुने जनाए । उनका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिनेछन् ।

त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुनेछन् । मधेस प्रदेशमा परीक्षालाई मर्यादित बनाउन ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ । परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेस प्रदेश सरकारले जनाएको छ ।

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेसमा एसईईलाई मर्यादित, भयरहित र अनुशासित बनाउन मधेस सरकारले हरसम्भव प्रयास गर्ने जनाए । उनले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय एकाइका प्रमुखहरु, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारीसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरुले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको जनाए ।

मधेसमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तीर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि प्रदेश सरकारले यसपटकको एसईईमा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाका बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए ।

थप समाचार...

एसईईमा दाङबाट साढे १३ हजार परीक्षार्थी सहभागी हुँदै
एसईईको तालिका सार्वजनिक, चैत १७ देखि परीक्षा
एसईईमा अंग्रेजी विषयको परीक्षा गाह्रो भएको गुनासो
चैत १७ देखि हुने एसईई परीक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
एसईई : मधेस प्रदेशमा पनि तयारी पूरा
यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.