यस्तो छ सातै प्रदेशको बजेट !

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस्तो छ सातै प्रदेशको बजेट !

काठमाडौं । देशका सातै प्रदेशले आज आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।

विकास खर्च गर्न नसकेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।

विशेषगरी प्रदेशले नै अघि बढाएका आयोजनाको खर्च कम हुने गरेको देखिएपछि विकास बजेटको आकार घटाएका हुन् । हेरौं सातै प्रदेशका बजेटको आकार र उनीहरुले दिएका प्राथमिकताहरु ।

हेर्नुहोस् सातै प्रदेशको बजेट :

कोशीको बजेट ३५ अर्ब २७ करोड, सहरी तथा पूर्वाधार विकासलाई प्राथमिकता

मधेश प्रदेशको बजेट : ४३ अर्ब ८९ करोड, चालुतर्फ १६ अर्ब

बागमती प्रदेशको बजेट : स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता

गण्डकीमा ३२ अर्ब ९७ करोडको बजेट, कृषि र पर्यटन प्राथमिकतामा

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड, विद्यालयका भौतिक पूर्वाधार विकासमा १ अर्ब १० करोड विनियोजन

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड, भौतिक पूर्वाधार विकासमा १३ अर्ब


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.