मधेश प्रदेशको बजेट : ४३ अर्ब ८९ करोड, चालुतर्फ १६ अर्ब

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशको बजेट : ४३ अर्ब ८९ करोड, चालुतर्फ १६ अर्ब

जनकपुर । मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री भरत साहले चालुतर्फ १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरेको जनाउनुभयो ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा ०.५ प्रतिशतले कम हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.