गण्डकीमा ३२ अर्ब ९७ करोडको बजेट, कृषि र पर्यटन प्राथमिकतामा

असार १, २०८१ |भुपाल गुरुङ
गण्डकीमा ३२ अर्ब ९७ करोडको बजेट, कृषि र पर्यटन प्राथमिकतामा

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १९ अर्ब ५१ करोड विनियोजन गरिएको छ भने चालु खर्चतर्फ १३ अर्ब १६ करोड छुट्याइएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भयो । बजेटले कृषि, स्थानीय उत्पादनसँगै पर्यटनलाई महत्व दिएको छ ।

घरेलु मदिरा र गाँजा खेती सम्बन्धी कानुन निर्माण तथा कार्यावन्यनका लागि मार्ग चित्र बनाउने बजेटमा उल्लेख छ । यस्तै, दुग्ध, मत्स्य विकास कार्यक्रमलाई पनि बजेटले समेटेको छ । असल पशुपालन अभ्यास, स्मार्ट कृषि फर्म निर्माणजस्ता शीर्षकमा बजेट विनियोजन गरिएको छ । यसैगरी, निजी सहकार्यमा पर्यटन प्रवर्धन गरिने बजेटमा उल्लेख छ । अन्नपूर्ण, मनास्लु लगायतका हिमाली क्षेत्रमा पदमार्ग विकासका लागि बजेट विनियोजन गरिएको छ । पर्यटनतर्फ 'पहिले घर अनि देश-परदेश अभियान', 'लेक टु लेक साइकल मार्ग', 'राउन्ड फेवा भ्यु', 'फेवा पदमार्ग' जस्ता कार्यक्रमलाई बजेटले समेटेको छ । 


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement