भारतीय चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन

जेष्ठ २२, २०८०
भारतीय चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन

काठमाडौं । भारतीय चलचित्रकी चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन भएको छ ।

९४ वर्षको उमेरमा आइतबार साँझ ६ बजे मुम्बईमा उनको निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ​श्वासप्रश्वासकी बिरामी उनलाई दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो ।

हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीर सोमबार साँझ शिवाजी पार्कमा अन्त्येष्टि गरिनेछ ।

४० र ६० को दशकमा सक्रिय सुलोचनाले झन्डै तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा