निबन्धकार मुकुन्दराज शर्माको ‘धोबीघाट मेलोडी’माथि पोखरामा परिचर्चा

वैशाख २७, २०८२ |भुपाल गुरुङ
निबन्धकार मुकुन्दराज शर्माको ‘धोबीघाट मेलोडी’माथि पोखरामा परिचर्चा

कास्की । निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथि पोखरामा परिचर्चा गरिएको छ ।

र्‍यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा रिडर्स कर्नरमा भएको कार्यक्रममा सञ्चारकर्मी रघुनाथ वाग्लेले धोबीघाट मेलोडी एक जीवन मेलोडी भएको बताउनुभयो । उहाँले पुस्तकमा भएका सबै निबन्धले सशक्त सन्देश बोलेको र पाठकलाई जीवन जीउन सिकाउने दाबी गर्नुभयो ।

कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तकमाथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफूलाई प्रश्न आएपछि मात्रै सफल भएको महसुस गरेको सुनाउनुभयो । उहाँले आफूले गीति संग्रह निकाल्ने तयारी गर्दैगर्दा निबन्ध संग्रह निकालेको बताउनुभयो । 

साहित्यकार सरुभक्तले निबन्धमा लेखक बढी स्वतन्त्र हुने उल्लेख गर्दै एक साहित्यकारलाई आफ्नो नैतिकतामा रहेर स्वतन्त्र लेख्न कसैले नरोक्ने बताउनुभयो । 

डा. जीवनलाल बस्यालले लेखकमा निबन्ध लेख्ने क्षमता रहेको र अबका दिनमा निबन्ध लेखनमै लाग्न आग्रह गर्नुभयो ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।