हेटौंडामा मनाइयो बागमती प्रदेशको भाषा दिवस

वैशाख २४, २०८२ |बालकृष्ण अधिकारी
हेटौंडामा मनाइयो बागमती प्रदेशको भाषा दिवस

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भाषा दिवस मनाइएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा नेपाल तामाङ घेदुङ संघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।

सो अवसरमा विभिन्न समुदायको पहिरन र झाँकीसहित हेटौंडाको हुप्राचौरबाट प्रभातफेरी निकालिएको थियो । बागमती प्रदेश सरकारले भाषा दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।

हरेक वर्ष वैशाख २४ गते प्रदेश सरकारले भाषा दिवस मनाउने गरेको छ । भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषाको जगेर्नामा प्रदेश सरकार सधैं सक्रिय रहने बताउनु भयो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।