गृष्मा पौडेलको संघर्ष १०१ कृति लोकार्पित

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृष्मा पौडेलको संघर्ष १०१ कृति लोकार्पित

काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले साहित्यबाट राजनीतिमा व्याप्त वेथितिको सुधार गर्न सकिने बताउनुभएको छ । उहाँले लेखनमाफर्त हरेक श्रष्टाले असल समाजको परिकल्पना गरेको पनि बताउनुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कवि गृष्मा पौडेलको नयाँ किताब 'संग्रह संर्घष १०१' को विमोचन गर्दै कांग्रेस नेता रिजालले गृष्माको लेखन समाजको विसंगतिमाथि प्रहार गर्न सफल भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यायलका पूर्व उपकुलति केदारभक्त माथेमाले आफुले गृष्मालाई जापानमा भेटेको र समस्यामा परेका नेपालीका लागि उहाँले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गृष्माको मुक्तकले मानिसका हरेक अवस्था र मनस्थितिलाई प्रतिविम्वित गरेको बताउनुभयो । उहाँले अनेसास नेपाल च्याप्टरले विश्वभर छरिएर रहेका नेपाली लेखकहरूलाई मातृभूमीमा स्वागत गर्न पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।

जापानमा रहेर साहित्य र सामाजिक क्षेत्रमा क्रियाशील गृष्मा पौडेलले देशभित्र र देशबाहिर रहँदा आफुले अनुभव गरेका विषयहरूलाई लेखनको विषय बनाएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.