काठमाडौं । नियात्राकार जीवा लामिछानेद्वारा लिखित ‘अक्षत अन्टार्कटिका’ नामक नियात्रा कृतिलाई रू. एक लाख राशीसहित २०८१ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको छ ।
मानव जातिले बेवास्ता गर्नै नहुने पर्यावरणीय मुद्दालाई रोचक र सरल शैलीमा आख्यानात्मक चेतसहित प्रस्तुत गर्दै पाठकलाई आफ्ना लेखनीका माध्यमबाट आफूसँगै अन्टार्कटिकाको दुरूह, रहस्यात्मक र साहसिक यात्रामा संलग्न गराउन सफल भए बापत लामिछानेद्वारा लिखित 'अक्षत अन्टार्कटिका' नामक नियात्रा कृतिलाई रू. एक लाख राशीसहितको २०८१ ;सालको 'उत्तमशान्तिु पुरस्कार' प्रदान गरिएको हाे ।
लेखक लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश-देशावर प्रकाशित छन ।