मिथिलामा होलीसँगै जोगिरा गीतको विशेष महत्त्व (भिडियो रिपोर्ट)

फाल्गुन २३, २०७९ |अमरकान्त ठाकुर
मिथिलामा होलीसँगै जोगिरा गीतको विशेष महत्त्व (भिडियो रिपोर्ट)

धनुषा । मिथिलामा वसन्तको आगमनसँगै रंग र अबिरको फोहराबाट ऋृतुराजको स्वागत गर्ने परम्परागत चलन छ । मंगलबारको होलीको रौनकले अहिले मिथिला क्षेत्रमा उल्लास छाएको छ । त्यसमा पनि जोगिरा गीतको धुन र लयले होलीको रङलाई थप उचाइँ दिएको छ ।

मिथिलामा बज्ने यस्ता गीतले होली पर्वको माहौलमा निकै उत्साह थपेको छ । मिथिलाको कला- संस्कृति संरक्षणका क्षेत्रमा काम गर्ने संघ-संस्थाहरूले फागु पर्वका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् ।

जोगिरा गीतलाई संरक्षण गर्न एक दशकदेखि महोत्तरीको जलेश्वरमा मिथिला सांस्कृतिक विकास केन्द्रले व्यङ्गयात्मक कार्यक्रम फगुवा फुर्दंग कार्यक्रम गर्दै आएको छ । चोटिला व्यङ्गय प्रहार गर्दै गाँउ गाँउबाट आएका होली जोगिरा गीत गाउनेहरुलाई एकै थलोमा भेला गराइ प्रतिस्पर्धा गराइन्छ ।

दशरथ पुत्र भगवान राम र जनक पुत्री माता जानकीले रंग अबिर खेलेको जन विश्वासको आधारमा महोत्तरीको कञ्चनबन पुगेका परिक्रमामा सहभागी पदयात्रीहरुले हर्सोल्लासपूवर्वक रंग अबिर खेलेका छन् । परिक्रमा सहभागीहरुले सुरिलो भाकामा फागुको गीत गाउँदै एक अर्कालाई रंग अबिर लगाई खुसीयाली मनाएका छन् ।

सहरबजारका केही स्थानमा आधुनिकका नाममा अश्लील गीतसंगीत बजेको र युवाहरुमा तडकभडक देखिए पनि मिथिलाका ग्रामीण क्षेत्रका बासिन्दाले भने अझैसम्म होलीको परम्परालाई जीवन्त राखेका छन् । 

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।