.png&w=1000&height=550)
धनुषा । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरधाम आयोजना गरिएको "जनकपुर साहित्य महोत्सवमा मिथिला सभ्यता, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणका लागि सम्पदा यात्रा गरिएको छ।
महोत्सवमा साहित्यकार, राजनीतिक विश्लेषक र समीक्षकहरुले साहित्य, संस्कृतिलाई पर्यटकीय कोणबाट विश्लेषण गरेका छन्। साथै लोप हुन लागेको शास्त्रार्थ तथा संवाद परम्परालाई युवा पुस्तामा हस्तान्तरण गर्ने प्रयास पनि महोत्सवमा गरिएको छ।
धरातल संस्कृति र संस्कारको उत्सवको रुपमा आयोजना गरिएको जनकपुर साहित्य महोत्सवमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मठ मन्दिर, सरोवर, र स्थलहरूलाई संरक्षित क्षेत्र घोषणा गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हेरिटेज वाक अर्थात् सम्पदा यात्रा गरियो ।
हेरिटेज वाकमा सहभागीहरूले जनकपुरधामको प्राचीन सांस्कृतिक पहिचानलाई संरक्षण गर्नु पर्ने आवश्यकता औाल्याउँदै सम्पदाको महत्वबारे जनचेतना फैलाउने प्रयास गरेका छन् । जनकपुर साहित्य महोत्सवमा मैथिली सभ्यता र संस्कृतिमाथि विभिन्न विद्यलायका विद्यार्थीले कविता वाचन गरिएको थियो ।
महोत्सवमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरेर युवा पिाढीलाई साहित्य र समाज चिनाउने काम समेत भएको छ । यसपटकको महोत्सवमा साहित्य, कला र संगीतबारे मात्रै चर्चा भएन समसामायिक राजनीतिमाथि पनि बहस भयो । यो जमघटले साहित्य र सांस्कृतिक आदान प्रदानको माध्यमबाट लोककल्याणको लागि सामाजिक जागरुकता बढाउने विश्वास छ ।
नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने र स्थानीय पहिचान तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने महोत्सवकोे उद्देश्य रहेको छ । लोप हुन लागेको शास्त्रार्थ तथा संवाद परम्परालाई युवा पुस्तामा हस्तान्तरण गर्ने प्रयास पनि महोत्सवले गर्यो ।
नवमिथिला फाउन्डेसनले आयोजन गरेको जनकपुर साहित्य महोत्सवको सातौं संस्करणमा 'मैथिली कथाको नेपाली संसार', 'जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य', 'किन हुन्छ खेलकुदमा खेलवाड?', 'कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?', 'सञ्चारकर्मको बदलिादो परिदृश्य', 'जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना' लगायतका विषयमा विज्ञहरु बीच बहस भएको थियो ।