बारम्बार ह्याक तथा सर्भर डाउन भएपछि सरकारले थाल्यो वेबसाइटको निगरानी (भिडियो रिपोर्ट)

फाल्गुन १६, २०७९ |जितेन्द्र झा
बारम्बार ह्याक तथा सर्भर डाउन भएपछि सरकारले थाल्यो वेबसाइटको निगरानी (भिडियो रिपोर्ट)

काठमाडौं । बारम्बार ह्याक हुने तथा सर्भर डाउन भएर सेवासमेत प्रभावित हुने गरेको गुनासो बढेपछि सरकारले सबै सरकारी निकायका वेबसाइट निगरानी गर्ने भएको छ । 

सूचना प्रविधि विभागले वेब मनिटरिङ प्रणालीमार्फत सरकारी वेबसाइट निगरानी सुरु गरेको हो । सरकारले आजदेखि एकीकृत वेबसाइट व्यवस्थापन तथा वेब मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको हो । 

सूचना प्रविधि विभागले सबै सरकारी निकायको वेबसाइट र वेब एप्लिकेशनहरुको निरन्तर निगरानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीबाट सरकारी वेबसाइट ह्याक हुने, डिफ्युज हुने वा बन्दको जोखिम कम हुने दाबी विभागको छ । यसबाहेक साइट ह्याक वा डाउन हुन लागेको अवस्थामासमेत अलर्ट गर्ने छ ।

त्यसैगरी सरकारी वेबसाइटको डिजाइनलाई एकरूपता दिन एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको समेत सुरुवात भएको छ । यस प्रणालीको प्रयोग गरी सञ्चार मन्त्रालय एवं अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ । सूचना तथा फाइल अपलोड गर्न सहज हुने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।

सरकारी वेबसाइटको संख्या झण्डै २ हजार ५ सय छ । तिनीहरू साइबर सुरक्षाका हिसाबले कमजोर भएको र संवेदनशील जानकारी पनि जोखिममा रहने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

सम्बन्धित समाचार...

सञ्चारमन्त्री शर्माले भनिन्- साइबर सुरक्षासम्बन्धी कानुनको अभाव छ

सर्भर समस्याले सबै सरकारी वेबसाइट डाउन, त्रिभुवन विमानस्थलमा सयौँ यात्रु अलपत्र

सरकारी निकायको डाटा सर्भर डाउन हुँदा दिनभर काम प्रभावित

अध्यागमन कार्यालयको सर्भरमा फेरि डाउन, सयौँ यात्रु अलपत्र