सञ्चारमन्त्री शर्माले भनिन्- साइबर सुरक्षासम्बन्धी कानुनको अभाव छ

फाल्गुन ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सञ्चारमन्त्री शर्माले भनिन्- साइबर सुरक्षासम्बन्धी कानुनको अभाव छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुनको अभाव रहेको जनाएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा बिहीबार गरेको साइबर सुरक्षा विषयक संवादमा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा फड्को मारे पनि त्यसअनुरुपको ज्ञानको अभाव रहेको जनाइन् ।

उनले सूचना प्रविधिको प्रयोगमा के गर्दा कुन र कस्तो कानुन आकर्षित हुन्छ भन्नेमा सबैलाई सचेत बनाउनुपर्ने आवश्यकता रहेकामा पनि जोड दिइन् । देशमा बढ्दै गएको साइबर अपराध नियन्त्रण गर्न समयानुकूल कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले साइबर सुरक्षा गर्न आफ्नै भू-उपग्रह र सफ्टवयेर निर्माणमा समेत सरकारले ध्यान दिने प्रतिबद्धता जनाइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.