सर्भर समस्याले सबै सरकारी वेबसाइट डाउन, त्रिभुवन विमानस्थलमा सयौँ यात्रु अलपत्र

माघ १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सर्भर समस्याले सबै सरकारी वेबसाइट डाउन, त्रिभुवन विमानस्थलमा सयौँ यात्रु अलपत्र

काठमाडौं । नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । सर्भरमा समस्या आएका कारण सरकारका सबै निकाय तथा कार्यालयहरुको वेबसाइट डाउन भएका हुन् ।

यसबाट सबैभन्दा बढी विमानमार्फत विदेश जान लागेका यात्रु प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा विभिन्न पाँचवटा वायुसेवाका सयौँ यात्रु अलपत्र परेका छन् ।

सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

सर्भर बिग्रिएपछि फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सको उडान रोकिएको छ । उडान प्रभावित हुँदा तेस्रो मुलुक जानुपर्ने दर्जनौँ यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । सेवा प्रभावित भएपछि अलपत्र परेका यात्रुहरुले विमानस्थल भित्रै नाराबाजी गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement