अध्यागमन कार्यालयको सर्भरमा फेरि डाउन, सयौँ यात्रु अलपत्र

फाल्गुन ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
अध्यागमन कार्यालयको सर्भरमा फेरि डाउन, सयौँ यात्रु अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयको सर्भरमा समस्या आउँदा ६ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

बिहान साढे ११ बजेदेखि डाउन भएको सर्भर दिउँसो २ बज्दासम्म पनि सञ्चालनमा आउन नसकेपछि ती उडानबाट बाहिर प्रस्थान गर्ने करिब १ हजार यात्रु प्रभावित भएका छन् ।

विमानस्थलस्थित कार्यालयले जनाएअनुसार सर्भर समस्या आएका कारण नेपाल वायुसेवा निगम, मलेसियन एयरलायन्स, इन्डिगो एयर, बाटिक, थाई स्माइल र श्रीलंकन एयर गरी ६ वटा वायुसेवाका उडान प्रभावित भएका हुन् । यता अध्यागमन विभागले भने इन्टरनेटको समस्याका कारण उक्त काम प्रभावित बनेको दाबी गरेको छ ।

यसअघि माघ १४ मा पनि सर्भर समस्याले सबै सरकारी वेबसाइट डाउन भएका थिए भने त्रिभुवन विमानस्थलमा मात्रै सयौँ यात्रु अलपत्र परेका थिए ।

सम्बन्धित समाचार...

सर्भर समस्याले सबै सरकारी वेबसाइट डाउन, त्रिभुवन विमानस्थलमा सयौँ यात्रु अलपत्र

सरकारी निकायको डाटा सर्भर डाउन हुँदा दिनभर काम प्रभावित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.