काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षमा सभापति गगन थापापक्ष बलियो देखिए पनि विवाद कायमै छ । १५ औं महाधिवेसनको वडा अधिवेशन सुरु हुनु २ दिनअघि पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका २१ जनाभन्दा बढी नेताको साथ सभापतिले थापाले पाए । अबको २ दिनमा कांग्रेस राजनीतिमा थप नाटकीय परिवर्तन भएन भने विवाद कायमै रहँदा कांग्रेस औपचारिक रुपमा फुट्ने निश्चित जस्तै भएको छ ।
शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका २१ नेतालाई केन्द्रीय समितिमा थप गरेका सभापति गगन थापा बिहीबार सानेपामा निकै हौसिएका देखिन्थे । उनले पूर्वसभापति शेरवहादुर देउवालाई १५ औं महाधिवेशनको उद्घाटन गर्न सार्वजनिक आह्वान नै गरे ।
तर पूर्ण एकताका लागि १५ औं महाधिवेशन स्थगित गरेर संवाद अघि बढाउन नेताहरुले दबाब भने दिइरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले विज्ञप्ति जारी गर्दै गगन थापा र शेरबहादुर देउवा दुवै पक्षले गर्न खोजेको महाधिवेसन रोकेर एकतामै जानु पर्ने आग्रह मात्र गरेका छैनन्, कांग्रेसभित्रको विवादलाई पटकथा भन्दै त्यो अरु कसैले नै लेखिरेहको गम्भीर आरोपसमेत लगाएका छन् । शेखरको अपिलमा ३ असोजदेखि हुने महाधिवेशनको बहिस्कार गर्ने त भनिएको छैन तर रोक्न प्रष्ट सब्दले आग्रह गरिएको छ साथै आफू सहभागी नहुने संकेत पनि गरेका छन् । शेखरले भनेका छन्-
" दु:खका साथ भन्नु पर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन , मलाई यसबाट पिडा छ मेरोपिडासंग कार्यकर्ता साथीहरुको भावना जोडिएकोछ "
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुवै महाधिवेशन नरोकिए कांग्रेस विभाजन कसैले रोक्न नसक्ने भन्दै आफ्नै अग्रसरतामा वार्ता र सम्वाद अघि बढाउन सभापति थापालाई आग्रह गरेका छन् । संस्थापनले असोज ३ गतेदेखि महाधिवेशनको प्रकृया सुरु गर्दै छ भने देउवा पक्षले १५ गते देखि ।
तर केही दिन अघिसम्म देउवापक्षमा रहेर आज सानेपा पुगेका नेताहरु भने पार्टी परिसरमा नै अंकमाल गरेर खुसी साटिरहेका थिए ।
डिना उपाध्याय, ज्ञानेन्द्र कार्की, नैनसिंह महर, गोविन्द भट्टराई , किरण यादव, मीन विश्वकर्मासहितका नेताहरु बिहीबार सानेपामा समाहित भएका हुन । यीमध्ये अधिकांश नेता पूर्णबहादुर खड्का निकटका हुन् । हिजोसम्म विपक्षमा रहेका नेताहरुको साथ पाएपछि सभापति गगन थापा भने निकै उत्साहित पनि देखिए ।
देउवा पक्षका नेता गुरु बराल भने संस्थापनले महाधिवेशनको प्रकृया रोकेर सहमतिका बतावरण बनाउनतर्फ नलागे आफू पनि अगाडि बढ्ने प्रष्ट पारे । कांग्रेसमा अहिले गगन थापा पक्ष उत्साहित देखिएको छ । सँगै देउवा सांगठिनक रुपमा कमजोर र शेखर कोइराला एक्लिएका जस्तै देखिन्छन् । तीनै जना तीन ध्रुवमा रहेर आ-आफ्नो राजनीतिक अडानमा कायमै छन् ।