कृष्णभीर १८ दिनपछि सञ्चालनमा

आश्विन १, २०८३ |पोषनाथ अधिकारी
कृष्णभीर १८ दिनपछि सञ्चालनमा

काठमाडौं ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड १८ दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको छ। भदौ १० गतेको भीषण बाढीले ठाउँठाउँमा सडक काटेको र लेदो भरेको कारण राजमार्ग बन्द भएको थियो । १४ गते आएको अर्को बाढीले कृष्णभीरमा तलबाट कटान गरेपछि सडक नै भासिँदा आवागमन ठप्प भयो । भासिएको सडकको माथिबाट नयाँ ट्र्याक खोलेर बिहीबार बिहानदेखि बाटो खुलाइएको हो । सडक स्तरोन्नतीमा संलग्न इन्जिनियरहरूले कृष्णभीरको अहिले बनाइएको सडकले तीन वर्षसम्म थेग्नसक्ने र त्यसबीचमा यसको सही विकल्प खोजिसक्नुपर्ने बताएका छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।