अतिक्रमित नेपाली भूमीबारे १ शब्द पनि बोलेनन् प्रधानमन्त्री मोदीले

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
अतिक्रमित नेपाली भूमीबारे १ शब्द पनि बोलेनन् प्रधानमन्त्री मोदीले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जानुअघि सीमा विवादबारे छलफल गरेर टुंगोमा पुर्याउने बताउँदै आएका थिए । तर यसबारेमा दुई मुलुकबीच कुनै सहमति जुटेन । बरु सबैको सरोकारको यो विषयलाई दुवै प्रधानमन्त्रीले सामान्य रुपमा प्रस्तुत गरे ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग देखिएका सीमासम्बन्धी विवाद समाधान गर्ने बताए । उनले सीमा विवाद समाधानको कुनै मोडालिटि भने दिन सकेनन् ।

मोदीले नेपालको अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा एक शब्द पनि उच्चारण गरेनन् । उनले नेपाल र भारतको धार्मिक र सांस्कृतिक सम्बन्धको चर्चा भने धेरै गरे । रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीब्रता दिनुपर्ने पनि उनले बताए । मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणासमेत गरे ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा छलफल भएको र द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न आफूले आग्रह गरेको बताए । उनले गरेको आग्रहमा मोदीले के जवाफ दिए भन्ने स्पष्ट पारेनन् । बरु दुई मुलुकबीच थप हवाइ रुटको विषयलाई लिएरसमेत कुरा भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच आगामी दिनमा थप अझ राम्रो सम्बन्ध कायम हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार...

मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)

नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो

हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?

९ वर्षअघि नेपाल आएर ‘हिट’ फर्मुला दिएका मोदीको यसपालि नयाँ नारा दिए– ‘सुपरहिट’

जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.