मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारतका सबै समस्या समाधान गरिने बताए । सीमा विवाद पनि समाधान गर्ने बताएका मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको पार्टनरशीप सुपरहित बनाउने दाबी गरे । नेपाली भाषामा अनुदित मोदीको सम्वोधनको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ–

मलाई सम्झना छ, ९ वर्ष पहिले २०१४ मा कार्यभार सम्हालेको ३ महिनाभित्र मैले नेपालको आफ्नो पहिलो यात्रा गरेको थिएँ । त्यस समय मैले भारत नेपाल सम्बन्धका लागि एक हिट फर्मूला, एचआईपी दिएको थिएँ । हाईवेज, आइवेज र ट्रान्सवेज । मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्बन्ध स्थापित गरिनेछ कि हाम्रो बोर्डर हामीबीच बेरियर नबनोस् । ट्रकको ठाउँमा पाइपलाइनबाट तेलको निर्यात हुनुपर्छ । साझा नदीमाथि ब्रिज बनाउनुपर्छ । नेपालबाट भारतमा बिजुली निर्यातका लागि सुविधा बनाउनुपर्छ । आज ९ बर्षपछि मलाई यो बताइरहँदा खुशी छ कि हाम्रो पार्टनरशीप बकाइदा हिट छ ।

पछिल्लो ९ वर्षमा हामीले अनेक क्षेत्रमा कैयौं उपलब्धी हासिल गर्यौं । वीरगञ्जमा नेपालको पहिलो आइसीपी बन्यो । भारत नेपालको क्षेत्रको हाम्रो पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बन्यो । हाम्रोबीचमा ब्रोडगेज रेल्वे लाइन स्थापित भयो । सीमानामा ट्रान्समिसन लाइन निर्माण भयो । अब हामी नेपालबाट ४५० मेगावाट बिजुली आयात गर्छौं । यी ९ वर्षका उपलब्धिका वर्णन गर्न लाग्ने हो भने पूरै दिन बित्छ ।

आज मैले र प्रधानमन्त्री प्रचण्डजीले भविश्यमा आफ्नो पार्टनरशीपलाई सुपरहित बनाउनका लागि धेरै महत्वपूर्ण निर्णय लिएका छौं । आज ट्रान्जिट एग्रिमेन्ट सम्पन्न गरिएको छ । यसमा नेपालका मानिसका लागि नयाँ रेल्वेका साथ भारतको इनल्याण्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । हामीले नयाँ रेल लिंक स्थापित गरेर फिजिकल कनेक्टिभिटी बढाउने निर्णय लिएका छौं । साथसाथ भारतीय रेल संस्थानले नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने पनि निर्णय लिइएको छ ।

नेपालको सुदुर पश्चिमी क्षेत्रदेखि कनेक्टिभिटीलाई बढावा दिनका लागि सिर्सा र झुलाघाटमा दुईवटा अरु पुल बनाइनेछ ।

क्रस बोर्डर डिजिटल पेमेन्टका लागि यसको माध्यमबाट फाइनान्सियल केनेक्टिभिटीमा उठाइएको कदमको स्वागत गर्दछौं । यसका अलावा हजारौं विद्यार्थी र तीर्थयात्री र टुरिस्टका साथसाथै मेडिटल उपचारका लागि भारत आउने बिरामीलाई पनि (सहुलियत) मिल्नेछ ।

तीनवटा आइसीपीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । पछिल्ला वर्षमा हामीले उर्जाको क्षेत्रमा सहयोगका लागि एक ल्याण्डमार्क भिजन डकुमेन्ट पठाएका थियौं । यसलाई अघि बढाउँदै आजभारत र नेपालका वीच दीर्घकालीन ऊर्जा सम्झौता सम्पन्न गरिएको छ । यस अन्तरगत हामीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयोग गर्ने रक्ष राखेका छौं । फुकोट कर्णली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताबाट विद्युत क्षेत्रमा सहयोगलाई थप बल मिलेको छ ।

मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई देखेर यस पाइपलाइनलाई चितवनसम्म लैजाने निर्णय लिइएको छ । यसको अलावा सिलिगुडीबाट पूर्वीनेपालको झापासम्म एउटा थप नयाँ पाइपलाइन पनि बनाइनेछ । साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइनेछ । नेपालका एउटा रासायनिक मल कारखाना स्थापित गर्नका लागि आपसी सहयोगप्रति पनि हाम्रो सहमति भयो ।

भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो छ र धेरै मजबुद छ । यो सन्दर कडीलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चय गरेका छौं कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा गति ल्याउनुपर्छ ।

हामी आफ्नो सम्बन्धलाई हिमालयजति उचाइ दिनका लागि काम गरिरहन्छौं र यसै भावना अनुसार सबै मुद्दाको, चाहे सीमाको होस् या कुनै अरु विषय, सबैको समाधान गर्नेछौं ।

प्रधानमन्त्री प्रचण्डजी तपाई भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्नुहुनेछ । मलाई विश्वास छ कि तपाईको उज्जैन यात्रा ऊर्जामय हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यस यात्रामा तपाईलाई आध्यात्मिक अनुभूति पनि हुनेछ ।

सम्बन्धित समाचार...

नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो

हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?

९ वर्षअघि नेपाल आएर ‘हिट’ फर्मुला दिएका मोदीको यसपालि नयाँ नारा दिए– ‘सुपरहिट’

जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.