९ वर्षअघि नेपाल आएर ‘हिट’ फर्मुला दिएका मोदीको यसपालि नयाँ नारा दिए– ‘सुपरहिट’

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
९ वर्षअघि नेपाल आएर ‘हिट’ फर्मुला दिएका मोदीको यसपालि नयाँ नारा दिए– ‘सुपरहिट’

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध वास्तवमै ‘हिट’ भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको हैदरावाद हाउसमा आयोजना गरिएको नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोदधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताए ।

उनले भने, ‘मलाई याद छ- ९ वर्ष पहिले, २०१४ मा कार्याभार सम्हालेको ३ महिनामा मैले नेपालको पहिलो यात्रा गरेको थिए । त्यस समयमा मैले भारत-नेपाल सम्बन्धका लागि एक हिट फर्मुला ‘एचआईटी’ दिएको थिएँ ।’

प्रधानमन्त्री मोदीले विस्तृतमा भने, ‘हाइवेज, आइवेज र ट्रान्सवेज । मैले भनेको थिएँ- भारत र नेपालको बीच यस्तै सम्पर्क स्थापित गर्नेछौँ कि हाम्रा बोर्डर हाम्राबीच बाधा नबनोस् ।’

उनले आफूले ट्रकको ठाउँमा पाइपलाइनबाट तेलको निर्यात हुन पर्ने, साझा नदीहरूका बीच पुलहरू बनाइनु पर्ने बताएको पनि स्मरण गरे । उनले नेपालले भारत बिजुली निर्यात गर्नको लागि सुविधा बनाइनु पर्ने लगायतका कुराहरू आफूले नेपाल भ्रमणका दौरान भनेको र अहिले ९ वर्षपछि भारत-नेपाल सम्बन्ध साच्चै ‘हिट’ छ भन्दा आफूलाई खुसी लागेको बताए ।

‘पछिल्ला ९ वर्षमा हामीले अनेक क्षेत्रमा कैयौँ उपलब्धीहरू हासिल गर्यौँ ।’ प्रधानमन्त्री मोदीले थपे, ‘वीरगन्जमा नेपालको पहिलो आईसीपी (एकीकृत चेक पोस्ट) बनाइयो । भारत-नेपालको बीच हाम्रो क्षेत्रको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बनाइयो । रेललाइन स्थापित गरियो । सीमा क्षेत्रमा नयाँ ट्रान्समिसन लाइनको निर्माण गरियो । अब हामी नेपालबाट ४ सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ ।’

प्रधानमन्त्री मोदीले ती ९ वर्षका उपलब्धीहरूको सबै वर्णन गर्न लागियो भने ‘पूरा दिन कट्ने’ दाबी पनि गरे । उनले अब हिट मात्रै हैन, नेपाल-भारतबीचको साझेदारीलाई ‘सुपर हिट’ बनाउन महत्त्वपूर्ण निर्णय लिएको उदघोष् गरे । ‘साथीहरू, आज मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्ना साझेदारीलाई सुपरहिट बनाउनका लागि धेरै महत्त्वपूर्ण निर्णय लिएका छौँ,’ उनले भने । 

यो पनि...

नेपाल-भारतबीच ७ सम्झौतामा हस्ताक्षर, ६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई बनाउन दिइने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement