हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
हैदरावाद हाउसको वार्ता : भारतले के लियो, नेपालले के पाएन ?

काठमाडौं । नेपाल र भारतबीच सातवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दोस्रो दिन विहीबार विभिन्न आर्थिक सहयोगका क्षेत्रमा द्वीपक्षीय समझदारीहरु भएका हुन् ।

विहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डल स्तरीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन मार्फत् सहमतिहरु सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिए । सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म अर्को पाइपलाइन बिच्छ्याइने सहमति भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने समझदारी भएको छ ।

चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाइने भएको छ ।

तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । त्यसैगरी ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४० दशमलव ४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम(एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो ।

त्यस्तै नेपाल र भारतवीच डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

नेपालको हितमा उठाउने भनिएका कालापानीको सीमा विवाद, हवाइ रुट र २५ वर्षका लागि विद्युत व्यापार सम्झौता गरिने भनिए पनि हुन सकेन । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरीदमा भने सहमति जनाएको छ । नेपालमा रासायनिक मल कारखानाका विषयमा कुरा उठे पनि सहमति जुटेन । तर, भारतले चाहेको अरुण र कर्णाली परियोजना दिन नेपाल तयार भएको छ ।

दुई पक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्धानमन्त्री नरेन्द्र मोदीले आफूले ९ वर्षअघि पहिलो नेपाल भ्रमण गरे यता दुईदेशबीच धेरै प्रगति भएको बताए । प्रधानमन्त्री दाहालले पनि ९ वर्ष यताको दुई देशवीचको सम्बन्धबारे समीक्षा गरिएको बताए ।   

सम्बन्धित समाचार...

९ वर्षअघि नेपाल आएर ‘हिट’ फर्मुला दिएका मोदीको यसपालि नयाँ नारा दिए– ‘सुपरहिट’

जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.