राप्रपाका मन्त्री कस्ता ?

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राप्रपाका मन्त्री कस्ता ?

काठमाडौं । नेकपा एमालेलगायतको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहालले मंगलबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सत्ता साझेदार दलहरुबीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । अर्थात् अब दाहाल नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ ।

दाहाल नेतृत्वको सरकारको समर्थक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चारजना मन्त्री बनेका छन् । राप्रपाबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमा राजेन्द्रप्रसाद लिङ्देनसँगै विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान मन्त्री बनेका छन् । दीपकबहादुर सिंह भने राज्यमन्त्री बने । राप्रपाबाट मन्त्री बन्नेहरुको सूची यस्तो छ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

१. राजेन्द्रप्रसाद लिङ्देन : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ

२. विक्रम पाण्डे : सहरी विकासमन्त्री

३. ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

४. दीपकबहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

१. राजेन्द्रप्रसाद लिङ्देन : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ

राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी लिङ्देनको राजनीतिक यात्रा २०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई सुरु भएको हो ।

२०२२ सालमा जन्मिएका लिङ्देनले स्नातकसम्मको अध्ययन गरेका छन् । २०४९ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका लिङ्देन

२०४७ मा राप्रपा झापाको सचिव बनेका थिए । २०६६ मा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङ्देन २०४७ पछि स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला तहको पदाधिकारीदेखि राप्रपाको महामन्त्री हुँदै हाल केन्द्रीय अध्यक्षका बनेका हुन् ।

उनी २०७४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा झापा ३ बाट निर्वाचित भए । २०६१ देखि २०६३ सम्म उनी जिल्ला विकास समिति झापाको सभापति बनेका थिए भने तत्कालीन स्थानीय निकायको निर्वाचित वडाध्यक्षको जिम्मेवारी निर्वाह पनि गरेका थिए ।

२. विक्रम पाण्डे : सहरी विकासमन्त्री

व्यवसायीको पहिचान बनाए विक्रम पाण्डे सहरी विकासमन्त्री बनेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित पाण्डे विवादित निर्माण व्यवसायीका रुपमा परिचित छन् ।

सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि नै आबद्ध हुँदै चितवनबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे पार्टीको चितवन जिल्ला उपाध्यक्ष र पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । अहिले राप्रपाको केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे २०७० को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन ५ बाट विजयी भएका थिए ।

यसअघि २०७३ सालको साउनमा भूमिसुधारमन्त्री र २०७४ सालको भदौमा पाण्डे वनमन्त्री बनेका थिए ।

३. ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

नेपाल प्रहरीका आईजीपीबाट अवकास पाएका ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्न सफल भएका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विजयी भएका हुन् । प्रधान राप्रपाका उपाध्यक्षसमेत हुन् ।

४. दीपकबहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

राप्रपाका नेता दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन् । उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ राप्रपाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) लाई २,३९३ मतान्तरले पराजित गरेका थिए ।

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री
चिनौं एमालेका मन्त्री !
चिनौं दाहाल नेतृत्वको मन्त्रीमण्डलमा सहभागी माओवादीका मन्त्री !
मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यी हुन् तीन प्राथमिकता
माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
किन सरकारमा सहभागी भएनन् जसपा र लोसपा ?
राजनैतिक खेलका चतुर खेलाडी : पुष्पकमल दाहाल (भिडियो रिपोर्ट)
दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ
मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.