मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मन्त्री ज्वालाकुमारी साहले पदभार सम्हालेसँगै गरिन् २ निर्णय

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले मंगलबार पदवहाली गरेकी छन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेसँगै मन्त्री साहले सरकारले कृषि उत्पादन बढाउनका लागि ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निर्णय गरेकी छन् । कृषिमा लगानी र उत्पादन बढाउने दृष्टिले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयको भनाइ छ । 

पदभार ग्रहण गरेसँगै उनले कृषि तथा पशु बीमाको अनुदान कार्यक्रमको अभिलेख राख्ने पनि निर्णय गरिन् । उनले कृषि बीमाको भुक्तानीलाई सहज बनाउन अनलाइन सेवा सुरु गर्ने निर्णय गरेकी हुन्  ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.