यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
यस्तो बन्यो दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै दाहालले सात मन्त्री नियुक्त गरेका थिए । 

सत्ता साझेदार दलहरु बीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । जसअनुसार सत्ता साझेदार ठूलो दल नेकपा एमालेबाट थप चार मन्त्री नियुक्त भएका छन् ।

एमालेले आठ मन्त्रालय पाएको छ ।

यस्तै, माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । माओवादीबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

यसैगरी, दाहाल नेतृत्वको सरकारमा राप्रपा र रास्वपाका ३–३ थपिएका छन् । यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको उल्लेख छ ।

यस्तो छ नयाँ मन्त्रिपरिषद्को सूची

१. पुष्पकमल दाहाल “प्रचण्ड” – प्रधानमन्त्री, वन तथा वातावरण; युवा तथा खेलकुद

२. विष्णुप्रसाद पौडेल –उपप्रधानमन्त्री, अर्थ

३. नारायणकाजी श्रेष्ठ –उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात

४. रबि लामिछाने – उपप्रधानमन्त्री, गृह

५. राजेन्द्रप्रसाद लिङ्देन –उपप्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाई

६. रेखा शर्मा – मन्त्री सञ्चार तथा सूचना प्रविधि

७. विक्रम पाण्डे – मन्त्रीशहरी विकास

८. ज्वाला कुमारी साह – मन्त्री कृषि तथा पशुपंक्षी विकास

९. दामोदर भण्डारी – मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

१०. राजेन्द्रकुमार राई – मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

११. अब्दुल खान –मन्त्री खानेपानी

१२. डा. विमला राई पौड्याल – मन्त्री परराष्ट्र

१३. पदम गिरी – मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

१४. भगवती चौधरी – मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. हरिप्रसाद उप्रेती – मन्त्री रक्षा

१६. सुदन किराती – मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१७. अमनलाल मोदी – मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन

१८. शिशिर खनाल – मन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि

१९. डोलप्रसाद अर्याल – मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

२०. ध्रुवबहादुर प्रधान – मन्त्री कानुन, न्याय तथा संसदीय मामिला

२१. सुशिला सिर्पाली ठकुरी– राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२२. डा. तोसिमा कार्की – राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

२३. दिपक बहादुर सिंह – राज्यमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.