दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ

पुस ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
दौरासुरुवाल लगाएर पुष्पकमल दाहालले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । 

दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिए । यसअघि दुईपटक प्रधानमन्त्री भएका दाहालले सुट पाइन्ट लगाएका थिए ।

दाहाल नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । एमालेसहित सातदलीय समीकरणपछि प्रधानमन्त्री बनेका दाहालले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका हुन् । 

दाहालले प्रधानमन्त्रीको शपथ लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई शपथ ग्रहण गराएकी छन् । 

त्यस्तै मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

८ सदस्यीय मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नेछन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहे पनि मन्त्रालय भने तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्री र त्यसपछि मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.