माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, राज्यमन्त्रीमा सुशीला श्रीपाली

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रले सुशीला श्रीपालीलाई भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा चार मन्त्री र एक राज्यमन्त्री पाएको माओवादीले सरकारमा पठाउने तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

यसक्रममा रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् ।

शर्मा, किराती, मोदी र श्रीपालीले नयाँ अनुहारको रुपमा सरकारमा सहभागी हुँदै छन् ।

यसअघि नै माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जिम्मेवारी लिइसकेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.