पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन : वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू

भाद्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन : वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो । 

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताउनु भयो । 

उहाँले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेको पनि बताउनु भयो । 

महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने बताउनु भयो । उहाँले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामथ्र्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताउनु भयो ।

महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.