सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

विदेशी अरिफ रेडाको शव शिक्षण अस्पतालमै
श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विदेशी अरिफ रेडाको बाहेक सबै शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हिजो (शुक्रबार) ६ वटा शव आफन्तले बुझेकामा आज बाँकी ११ शव बुझेका हुन् । त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम बिहीबारै सकेको थियो । परिवारले दिएको विवरणकै आधारमा सबै शव पहिचान भएको अस्पतालले जनाएको छ ।

यता सौर्य एयरलाइन्सले पीडित परिवारलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ । कम्पनीले पीडित परिवारजनलाई कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव रहने आश्वासन दिएपछि हिजोदेखि परिवारले शव बुझ्न थालेका हुन् ।

गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । पाइलटबाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो । पाइलट मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा उल्लेख सुधार भइरहेको अस्पतालले जनाएको छ ।

यो पनि...

त्रिभुवन विमानस्थल : चारैतिर धरापै-धराप, हवाई सुरक्षामा जोखिम

अन्तर्राष्ट्रिय विमानस्थलमा छैन चुस्त उद्धार संयन्त्र

सुरक्षा निकायहरुले देखेका के-के हुन् राष्ट्रिय सुरक्षाका जोखिम ?

त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइयो, सुरक्षा प्रणाली उल्लंघन

सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

सांसदहरुको सुझाव- हवाई क्षेत्र सुरक्षाका लागि तत्काल गम्भीर कदम चालौं


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement