पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

FilePhoto

कर्णाली । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालिकोटको गगने खोला र एसमोडमा बिहान पाँच बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जानकारी दिएको छ । सडक अवरुद्ध भएपछि सैयौं सवारीसाधन सडकमै रोकिएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement