चट्याङ लागेर सल्यानमा चार जना घाइते

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
चट्याङ लागेर सल्यानमा चार जना घाइते

सल्यान । सल्यानमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । शनिबार बेलुकी ६ बजेतिर परेको चट्याङले सल्यानको त्रिवेणी गाउँपालिका-३ कटमेरामा छुट्टाछुट्टै घरका चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार स्थानीय गीता बुढामगरको घरमा चटयाङ पर्दा उनकी ६ वर्षीया छोरी मसिना बुढा, १२ वर्षीय छोरा जगत बुढा, सासु ४२ वर्षीया बिष्णु बुढा र अर्को घरका ३५ वर्षीय दलबहादुर बुढा घाइते भएका हुन् ।

गम्भीर घाइतेमध्ये बर्ष ६ की लोसिना बुढा र बर्ष १२ का जगत बुढाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको र अन्य दुई जना स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो । चटयाङले गीता बुढाको घरको मिटरबक्समा क्षती पुर्‍याएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement