जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान्-श्रीमती बेपत्ता

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान्-श्रीमती बेपत्ता

जाजरकोट । जाजरकोटमा गए राति पहिरोमा पुरिएर श्रीमान्-श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएकी छन् ।

बारेकोट गाउँपालिका वडा नम्बर-६ धुमा गाउँमा आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।

बारेकोट-६ पल्लो धुमा गाँउमा विहान २ बजे घर पुरिँदा मानबहादुर चलाउने र वडा नम्बर-६ की महिला वडा सदस्यसमेत रहेकी श्रीमती मायादेवी चलाउन बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनिसञ्चार सम्पर्क हुन नसक्दा थप विवरण प्राप्त गर्न सकिएको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement