अष्ट्रेलियन जोडीले जित्यो युएस ओपन पुरुष डबल्सको उपाधि

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अष्ट्रेलियन जोडीले जित्यो युएस ओपन पुरुष डबल्सको उपाधि

काठमाडौं । युएस ओपन अन्तर्गत पुरुष डबल्सको उपाधि म्याक्स पर्सेल र जोर्डन थम्पसनको अष्ट्रेलियन जोडीले जितेको छ ।

जर्मन जोडी केभिन क्राविट्ज र टिम पुएट्जलाई सोझो सोटमा पराजित गर्दै पर्सेल र थम्पसनको जोडी च्याम्पियन बनेको हो ।

अष्ट्रेलियन जोडीले जर्मन जोडीलाई ६-४, ७-६ ले पराजित गरेको हो । जुलाईमा विम्बल्डन डबल्स फाइनलमा तीन पटक म्याच प्वाइन्ट कन्भर्ट गर्न नसक्दा उपविजेतामा चित्त बुझाएको सातौं वरीयता प्राप्त अष्ट्रेलियन जोडीले यसपटक भने कुनै गल्ती गरेन ।

पर्सेल र थम्पसन, सन् १९९६ मा टोड वुडब्रिज र मार्क वुडफोर्डपछि युएस ओपन पुरुष डबल्स उपाधि जित्ने पहिलो अष्ट्रेलियाली टोली समेत बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement