युएफा नेसन्स लिगः आयरल्यान्डमाथि इंग्ल्यान्डको जित

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएफा नेसन्स लिगः आयरल्यान्डमाथि इंग्ल्यान्डको जित

काठमाडौं । युएफा नेसन्स लिगको ग्रुप-टु अन्तर्गत समूह एफमा इंग्ल्यान्ड विजयी भएको छ ।

गए राति डब्ललिनमा भएको खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई २-० गोल अन्तरले हराएको हो । युरो कप २०२४ को समाप्तीपछि प्रशिक्षक गेराथ साउथगेट जिम्मेवारीबाट पछि हटेपछि इंग्ल्यान्ड पहिलो पटक मैदानमा उत्रिएको हो ।

निमित्त प्रशिक्षक ली कार्ल्सलीको प्रशिक्षणमा रहेको इंग्ल्यान्डलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले पहिलो हाफमै एक-एक गोल गरे । यस जित पछि इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा उक्लिएको छ । गएरातिनै सम्पन्न खेलमा फिनल्यान्डलाई ३-० ले पराजित गरेको ग्रीस शीर्ष स्थानमा छ ।

गए रातीनै सम्पन्न अन्य खेलमा जर्मनीले हंगेरीलाई ५-० र नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५-२ ले हरायो । यस्तै अल्बानियाले युक्रेनलाई २-१ ले पराजित गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement