युएस ओपन ग्रान्ड स्ल्याम टेनिसः महिला एकलको उपाधि साबालेन्कालाई

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएस ओपन ग्रान्ड स्ल्याम टेनिसः महिला एकलको उपाधि साबालेन्कालाई

काठमाडौं । युएस ओपन ग्रान्ड स्ल्याम टेनिस २०२४ अन्तर्गत महिला एकलको उपाधि आरीना साबालेन्काले जितेकी छन् ।

बेलारुसकी साबालेन्काले अमेरिकी छैटौं वरियता प्राप्त जेसिका पेगुलालाई सोझो सेटमा पराजित गरेकी हुन् ।

कडा प्रतिस्पर्धाका बावजुद पेगुला आर्थर, एशे स्टेडियममा घरेलु समर्थक माझ स्तब्ध हुँदा साबालेन्का पहिलो पटक युएस ओपन च्याम्पियन बनिन् । साबालेन्काले पेगुलालाई ७-५, ७-५ ले हराएकी हुन् । दोस्रो वरियताकी साबालेन्का गतवर्ष पनि फाइनलमा प्रवेश गरेकी थिइन् तर उनले उपाधि जित्न भने सकेकी थिइनन् ।

३० वर्षीया पेगुलाले पहिलो पटक कुनै पनि मेजर प्रतियोगिताको फाइनलमा पुग्न लामो समय कुर्नुपरेको थियो । तर न्यूयोर्कमा घरेलु समर्थनका बावजुद उनले साबालेन्कालाई पराजित गर्न सकिनन् । भारी वर्षाका कारण आर्थर एशे स्टेडियमको छत बन्द गरिएको थियो भने फाइनल हेर्न बाक्लो संख्यामा सेलिब्रेटीहरू आएका थिए ।

दुई पटककी अस्ट्रेलियन ओपन च्याम्पियन साबालेन्का, पहिलो पटक युएस ओपन जित्दा केही भावुक देखिएकी थिइन् । उनकालागी यो समग्रमा तेस्रो ग्रान्ड स्ल्याम उपाधि हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement