को थिए ती १८ जना जसले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाए...

श्रावण ९, २०८१ |सुदिल पोखरेल
को थिए ती १८ जना जसले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाए...

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १६ जना एयरलाइन्सकै कर्मचारी हुन् । दुई जना पनि उनीहरुकै परिवारका सदस्य छन् । सौर्य एयरलाइन्समा दुई वर्षदेखि कार्यरत यमनका नागरिक अरिफ रेडाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रै बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा उच्च तहका कर्मचारीसहित प्राविधिकहरुको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सागर आचार्य सौर्य एयरलाइन्समा सुरक्षा विभाग प्रमुख हुनुहुन्थ्यो । उहाँ पाँच वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । यस्तै दिलिप बर्मा ९ वर्षदेखि गुणस्तर विभागका प्रमुख हुनुहुन्थ्यो । १० वर्षदेखि कार्यरत रहेका अश्विन निरौला स्यामो विभागमा म्यानेजर हुनुहुन्थ्यो ।

त्यस्तै सूचना प्रविधि विभागका प्रमुख रहेका मनुराज शर्माको पनि दुर्घटनामा मृत्यु भएको छ । तीन वर्षदेखि कार्यरत शर्माकी श्रीमती र छोराको पनि विमान दुर्घटनामा ज्यान गएको छ । प्रिजा खतिवडा ऊर्जा मन्त्रालयमा १० वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । ऊर्जा मन्त्रीको सचिवालयमा कार्यरत खतिवडा बुधबार बिहान मात्रै कार्यालयमा आएर श्रीमानसँग पोखरा जानुपर्ने भन्दै विमानस्थल पुग्नुभएको थियो । खतिवडा र शर्माका छोरा अधिराज शर्माको पनि ज्यान गएको छ ।

सौर्य एयरलाइन्समा चार वर्षदेखि कार्यरत सह-क्याप्टेन सुशान्त कटुवालको पनि विमान दुर्घटनामा ज्यान गएको छ । यस्तै दुर्घटनामा परेका सुदिपराज जोशी ५ वर्षदेखि स्यामो विभागमै सिनियर एसिसेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो । सिनियर प्राविधिक सर्वेस मरासिनीले भने सौर्यमा काम गर्न थालेको तीन महिना मात्र भएको थियो । यसैगरी श्याम बिन्दुकर सिनियर प्राविधिकको रुपमा कार्यरत हुनुहुन्थ्यो । ८ वर्ष काम गरेर केही समय छाडेका बिन्दुकर पुन सौर्य एयरलाइन्समा फर्किएको तीन दिन मात्र भएको थियो ।

नवराज आले ९ वर्षदेखि हेल्परका रुपमा कार्यरत हुनुहुन्थ्यो । अमितमान महर्जन स्टोर इन्जार्च हुनुहुन्थ्यो भने उहाँले सौर्यमा काम गर्न थालेको ९ वर्ष भएको थियो । राजाराम आचार्य र उद्धव पुरी दुवै ९ वर्षदेखि इन्जिनियर हुनुहुन्थ्यो । ७ वर्षदेखि कार्यरता यज्ञप्रसाद पौडेल पनि इन्जिनियरिङ विभागमा प्रमुख हुनुहुन्थ्यो ।

यस्तै ८ वर्षदेखि कार्यरत इन्जिनियर सन्तोष महतो र पाँच वर्षदेखि कार्यरत प्राविधिक पुण्यरत्न शाहीको पनि विमान दुर्घटनाले ज्यान लियो । यमनका नागरिक अरिफ रेडा दुई वर्ष सौर्य एयरमै काम गरेर फर्किनुभएको थियो । तर उहाँ फेरि पाँच महिनाअघि नेपाल फर्किएर काम गर्न थाल्नुभएको थियो ।

सम्बन्धित समाचार...

त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement