सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु, एकको उपचार हुँदै

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु, एकको उपचार हुँदै

काठमाडौं । त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरको विमान दुर्घटनामा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । नागरिक उड्ड्यन प्राधिकरणले दुर्घटनग्रस्त विमानस्थलबाट १८ जनाको शव संकलन गरिएको विज्ञप्ति मार्फत जनाएको छ । यस्तै, विमानका पाइलट मनिषरत्न शाक्यको भने उद्धार गरी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ । 

बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । जहाज पूर्णरुपमा क्षतविक्षत भएको छ ।

विमानका क्याप्टेन मनिषरत्न शाक्यसहित सौर्य एयरकै कर्मचारीहरु थिए । विमानमा सहक्याप्टेन एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा थिए । यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement